सकुन्जेल सबैका गुरु तर अहिले अस्पतालमा- रुन्छ मन धुरुधुरु…

हामिसंग भएको सबै सम्पति सकिसक्यो..
मुक्ति सुबेदी
२३ माघ २०७६, बिहीबार १६:५०

स्याङ्गजा कालिगण्डकी गुरुङ्गदि बासटारिका खगराज न्यौपाने उमेरले अहिले ६० काटेका छन्। ३५ वर्ष सरकारी विद्यालयमा शिक्षक हुदै प्रधानाध्यापक समेत बनिसकेका उनि अहिले अस्पतालको शैयामा छटपटाइ रहेका छन् । उसो त हरेक मानिस जन्मेपछि मर्नैपर्छ एकदिन। उमेर बढ्दै जादा स्वास्थ्यले पनि साथ दिदैन। सामान्य जीवन व्यतित गरिरहेका उनि एक्कासि अस्पतालमा बास हुनपर्दा दुखित छन् ।

बाटोमा हिड्दै गर्दा आफ्ना विद्यार्थी र गाउलेहरुले गरेको नमस्कार र सम्मान पाउदा शिक्षक पेशा प्रति अझ गर्व गर्थे पहिले तर अहिले उनि तिनै दिन सम्झदै अस्पतालमा रोइरहेका छन् कारण हो उनिसंग उपचारको निम्ति पर्याप्त पैसा छैन। पेन्सन पाकिसकेपछि पनि शिक्षण पेसालाई नै निरन्तरता दिएका उनले आफ्नो ज्ञान अरुलाई बाड्दा खुशीको अनुभूति मिल्ने गरे पनि अहिले भने आफु जीवन-मरणको दोसाधमा रहेको दुख व्यक्त गरे।

२ छोराहरु विदेशमै छन्, बुवाको उपचारको निम्ति सकेको पैसा कमाएर पठाउछन। श्रीमती साथमै छिन तर उनलाई पनि आफ्नो पतिको अवस्था दयनिय देखेर मुहारमा खुशी छाउन सकेको छैन। भन्छिन, ‘अब हामिसंग भएको सबै सम्पति सकिसक्यो। निरन्तर चेकजाच गर्नुपर्छ, यस्तै हजुर हरुको(हामीलाई देखाउदै) सहयोग भएमात्र बाच्नुहोला नत्र त यस्तै छ बाबु….’ अहिले त उहा बोल्न पनि सक्नु हुन्न। उनले दुखेसो पोखिन।

खगराज न्यौपाने सत्यदेवी मा.बि. बलाम बेल्टारिको प्रधानाध्यापक हुदा विद्यालयमा खटेर काम गरेको र समाजसेवामा साह्रै रुचि राख्ने व्यक्ति भएको उनका समकक्षी शिक्षक हरु बताउछन। अरुलाई सहयोग गर्न, विकासका काममा साझेदारी गर्ने, गाउघरमा अरुलाई अप्ठ्यारो परेको बेला होस् अथवा आपसी झगडा भएको ठाउमा पुगेर आफुले मध्यस्थता भएर धेरै समस्याहरुको समाधान गर्न तत्पर रहने गाउलेहरु बताउछन।

आजभन्दा ८ महिना अघिको कुरा हो, राति परिवार संगै खाना खाएर सुते। रातको १ बजेतिर एक्कासि सास फेर्न अप्ठ्यारो भएपछी सुतिरहेको खाट बाट भुइमा लडेछन। राति नै एम्बुलेन्स बोलाएर लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा लगियो। अस्पतालले ब्लड प्रेसर बढेर टाउकोमा असर पुगेको र रगत जमेको रिपोर्ट दिएपछि अपरेसन पश्चात थप उपचारको निम्ति काठमाण्डु लगियो। काठमाण्डुमा पनि लगभग १५ लाख जति खर्च भएको र उपचार गरिरहेको रमेश प्रसाद न्यौपाने बताउछन।

अब लगातार ३ महिना सम्म चेकअप गराउनुपर्ने छ उनलाई । बीच-बिचमा बोलि बन्द हुने, खाना नरुच्ने, शरीर शिथिल हुने, दिमागले राम्रोसंग काम नगर्ने र शरीर गल्दै गैरहेको छ। उपचार गरे रोक निको हुने डाक्टरले बताएका छन् तर यसको निम्ति आर्थिक स्रोत छैन। बाचेर समाजसेवामै रमाउने धोको छ। देशविदेशमा रहने आमाबुवालाई सहयोगको निम्ति याचना गरिएको छ।

स्याङ्गजा सहयोग समाजको सहयोग:

विश्वभरि रहेका स्याङ्गजा बासि हरुको संजाल स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ। सस्थाका कोषाध्यक्ष खगेन्द्र गैह्रे, सचिव तथा प्रवक्ता मुक्ति सुबेदी अस्पतालमै पुगेर सहयोग गरेका हुन्। खगराज न्यौपाने एक अशल शिक्षक भएकोले सबैलाइ सहयोगको निम्ति आग्रह गरेका छन् अध्यक्ष जिबन न्यौपाने। यस समितिले काठमाण्डुको बासबारिमा अटिजम पिडितलाई आर्थिक सहयोग, स्याङ्गजाको फेदीखोला गाउपालिकामा एकै घरका ४ जना अपाङ्गहरुलाई सहयोग, राम्दिमा रहेको वृद्धाश्रममा सिरक वितरण, क्यानोनिङ्ग तथा सुन्तला महोत्सवमा पर्यटन प्रवर्धनको निम्ति सहयोग, आधिखोला गाउपलिकाकि एक बिरामीलाई अस्पतालमै पुगेर आर्थिक सहयोग लगायतका विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ।

सरकारले कुरै सुन्दैन:

खगराजको उपचारको निम्ति अहिले देश विदेशमा रहेका आफ्ना विद्यार्थी, आफन्त र शुभचिन्तक हरुको सहयोग रहदै आएपनि आजसम्म स्थानिय सरकारको कुनै सहयोग रहेको छैन। आफ्नो जीवन नै सरकारी सेवामा समर्पण गरेका उनको आज यो अवस्था देख्दा धेरै जना दु:खित छन् । आफ्नो जवानी र जीवन नै यसरि समर्पित भएर काम गर्नेहरुको यस्तो अवस्था आउदा मौखिक रुपमा मात्र आश्वासन आउछ तर सहयोग गर्दैनन्। यतिबेला नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी पनि स्याङ्गजाकै हुन् तर सहयोगको आग्रह गर्दा उनले खासै वास्ता गरेनन। नेपालि कांग्रेसमा रहेर सक्रिय रुपमा रहेका खगराजलाइ पार्टिले समेत कुनै सहयोग गरेको छैन आजसम्म। के मानिसको मृत्यु भएपछी मात्रै पार्टिको झण्डा ओढाउने हो या बिरामी पर्दा सहयोग पनि गर्ने हो त राजनैतिक दलले? यो प्रश्नले अहिले गिज्याइरहेको छ धेरैलाई।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*