माधव अर्यालको पन्चेबाजा गीत सार्वजनिक

आफ्नै विवाहमा छायाँकन गरिएको
मुक्ति सुबेदी
५ माघ २०७६, आईतवार १४:१४

सर्जक तथा गायक शिव हमालको शब्द संगीतमा लेकगायक माधव सिग्देलको पञ्चेबाजा ‘भिरैको टुनिलाई’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक सिग्देल र चर्चित गायिका देवी घर्तीमगरको आवाजमा रहेको गीतमा बिश्वास नेपालले संगीत संयोजन गरेका हुन् ।

मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा गाएक सिग्देल र उनकी श्रीमती रोशनी अर्याल देखिएका छन् । गायक सिग्देल गत बर्ष बैवाहिक बन्धनमा बाँधिएका थिए । सोही भिडीयोमा उनको बिवाहको दृश्य समावेश गरिएको छ । गत बर्षनै बजारमा ल्याउने भनिएको गीत प्राविधिक कारणले रोकिएको थियो ।

उक्त भिडियोमा निर्देशक प्रकाश भट्टको निर्देशन रहेको छ भने छायांकन दुर्गा पौडेल, देवराज आचर्य तथा सम्पादन बिष्णु शर्माको रहेको छ । भिडियो निर्माण शाही भिजन प्रालिले गरेको हो । गायक सिग्देलको आफनै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।

https://youtu.be/2CWwJdKk8y0

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*