खोटाङमा भएको आगलागीमा ४८ लाखको क्षति

आवाज खवर डट कम
२९ पुष २०७६, मंगलवार १५:१९

 

 खोटाङ –विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा ४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएका ६ तोला सुन, दुई लाख नगद, अन्नपात, काठपात लगायत जल्दा ४८ लाखभन्दा बढीको क्षति भएको हो ।

आगलागीमा कटवालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तन लगायतका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । आज बिहान करीब ८ बजेको समयमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले नियन्त्रणमा लिएको थियो ।

अग्निपीडित कटवाल सामुदायिक सेवा केन्द्र दिक्तेलका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हुन् । पुरानो घर नजिकै नयाँ आरसिसी ढलानसहितको घर बनाए पनि कटवाल परिवार पुरानै घरमा बस्दै आएका थिए ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*