जरोकिलो पार्टि प्रदेश नम्बर ५ को अध्यक्षमा रेशम प्रसाद बुढा निर्वाचित

पृथ्वीजयन्ति कार्यक्रम एकसाथ सम्पन्न
मुक्ति सुबेदी
२७ पुष २०७६, आईतवार १७:२८

बुटवल ,रूपन्देही ।

रूपन्देहीको बुटवलमा माैलिक जराेकिलाे पार्टी प्रदेश नम्बर ५ काे अधिवेशनबाट रेशम प्रसाद बुढालाइ अध्यक्षमा निर्वाचित गर्नुको साथै राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको २९८ औ पृथ्वीजयन्ती कार्यक्रम एकसाथ सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि तथा पार्टी केन्द्रीय सदस्य श्री नुमनाथ प्याकुरेलद्धारा देशकाे अन्य पार्टीहरू विदेशी नीति,सिद्धान्त भएको र नेपाली भुगाेल,वातावरण,धर्म,संस्कृति,रितिरिवाज र चलन अनुसार माैलिक जराेकिलाे पार्टीको सिद्धान्त प्रतिपादन भएको दाबी गर्दै आगामी दिनमा “विज्ञानको बुद्धि,प्रविधिको प्रगति,धर्मकाे विवेक र सहृदयताकाे सम्बन्ध” अनुुसार पार्टीले आम नेपाली नागरिकहरूकाे भावनालाई सम्बाेधन गर्दै जाने बताउनुभएको छ ।
केन्द्रीय सदस्य श्री यमनाथ उपाध्यायले युगद्रष्टा डा. निर्मलमणि अधिकारीद्धारा प्रतिपादित “राज्यराष्ट्र” शिद्धान्त र पार्टी निति र अनुसन्धान बारे बाेल्नु भएको थियोे।यसैगरी मित्रलाल शर्माकाे संयाेजकत्व भएको समितिलाई विघटन गर्दै केन्द्रीय सदस्य नुमनाथ प्याकुरेलकाे संयाेजकमा केन्द्रीय सदस्य यमनाथ उपाध्याय र मित्रलाल शर्माको तीन सदस्यीय निर्वाचन समितिले सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिकाे घाेषणा गर्नुभएको छ।


प्रदेश नम्बर ५ काे अध्यक्षमा रेशम प्रसाद बुढा,उपाध्यक्ष श्री रामचन्द्र खड्का रहने गरि ९ सदस्यीय कार्यसमितिकाे घाेषणा संयाेजक प्याकुरेलद्धारा गरिएको छ। यसैगरी अन्य सदस्यहरू थप गर्दै जानेगरि निर्णय पारित गरिएकाेछ।

कार्यक्रममा शास्त्री तिलक अर्यालकाे मुखारवृन्दबाट स्वस्ति वाचन गरिएको थियोे भने केन्द्रीय सदस्य प्याकुरेलकाे करकमलबाट राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहकाे फाेटाेमा माल्यार्पण गरिएको थियोे। यसै क्रममा नयाँ कार्य समितिकाे सपथ ग्रहणसंगै अध्यक्ष रेशम बुढाले मन्तव्यमा पार्टीलाई अगाडि बढाउदै लैजाने क्रममा पृथ्वी नारायण शाहकाे याेगदानलाई अहिलेको सरकारले भुले पनि नेपाली नागरिकले नभुल्ने र आफुहरू सधैं उहाँको पथलाई पछ्याई रहने बताउनुभयो। कार्यक्रम मित्रलाल शर्माको सभापतित्व,रामचन्द्र खड्काकाे स्वागत र यमनाथ उपाध्यायकाे संचालनमा भएको थियोे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*