रुसले गर्‍यो हाइपरसोनिक मिसाइल परीक्षण

आवाज खवर डट कम
२५ पुष २०७६, शुक्रबार १६:०३

मस्को । रुसले यही महिनाको सुरुमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको दुई सैन्य स्रोतलाई उदृत गर्दै सरकारी समाचार संस्था तासले जनाएको छ । रुसी राष्ट्रपति भलादिमिर पुटिनले क्रिमियाको तटमा गरिएको उक्त परीक्षण र सैन्य अभ्यासलाई अवलोकन गरेका थिए ।

रुसको ब्ल्याक सी र नर्थन फ्लिटले ब्ल्याक सीमा संयुक्त सैन्य अभ्यास गरेका थिए । उनीहरुले कलीबर क्रुज मिसाइल र हाइपरसोनिक एयर(लन्चड ब्यालेस्टिक मिसाइको प्रक्षेपण अभ्यास गरेका थिए ।

उक्त अभ्यासमा ३० वटा पानी जहाज, ४० विमान र एक गोताखोर जहाज प्रयोग गरिएको तासले जनाएको छ । ‘‘उक्त अभ्यास सफलतापूर्वक सम्पन्‍न भएको छ,’’ रुसी नेभीका कमान्डर इन-चिफ एड्‍माइरल निकोलले राष्ट्रपति पुटिनलाई जानकारी गराएका थिए ।

दुईवटा एमआईजी- ३१ के लडाकुले किन्जल ब्यालेस्टिक मिसाइलले निशाना लगाउने अभ्यास र सानो मिसाइल पानीजहाजस ओरेकोभो जुएभो र गोताखोर कोलपिनो परीक्षण गरेको थियो ।

राष्ट्रपति पुटिनले मार्सल उस्तिनोभ मिसाइल कुजरको प्रक्षेपणसमेत अवलोकन गरेका थिए ।

हाइपरसोनिकलाई सामान्यतयास् ३ हजार ८३६ एमपीएचको गति भन्‍ने बुझिन्छ । यो मिसाइल प्रक्षेपणपछि अन्तरीक्षमा उड्ने र त्यसपछि तल झरेर निर्धारित गन्तव्यमा जाने गर्छ  ।

डिसेम्बर अन्त्यतिर उनले आफ्नो मुलुकले ‘विशेष’ खालको आधुनिक हतियार परीक्षण गर्ने बताएका थिए ।

सीएनएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*