युक्रेनको विमान इरानी मिसाइलले खसालेको दाबी   [भिडियो सहित]

इरानको मिसाइल आक्रमणबाट खसेको दाबी अमेरिकाले गरेको छ
आवाज खवर डट कम
२५ पुष २०७६, शुक्रबार १०:४८

तेहरान : बुधबार इरानमा भएको विमान दुर्घटना, भवितव्य नभइ इरानको मिसाइल आक्रमणबाट खसेको दाबी अमेरिकाले गरेको छ ।  युक्रेनी यात्रुबाहक जेट दुर्घटना नभइ मिसाइल आक्रमणमा खसेको भिडियो विश्लेषणमा खुलेको न्यूयोर्क टाइम्सलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

इरानले अमेरिकी जासुसी विमान ठानेर मिसाइल प्रहार गरेको दाबी गरिएको छ ।  विमान खस्नुअघि इरानी मिसाइलले विमानलाई लागेको थियो। त्यसलगत्तै विमान दुर्घटनाग्रस्त भएको थियो। उक्त बोइङ–७३७ विमानमा सवार सबै १७६ यात्रुको ज्यान गएको थियो।

न्यूयोर्क टाइम्सकाअनुसार भिडियोमा विमान खस्नुअघि सानो विष्फोट भएको देखिन्छ। भिडियोमा विमान विमानस्थल फर्किनुअघि केही समयसम्म पनि चक्कर लाएर उड्ने प्रयास गरेको छ। त्यसपछि विमान विष्फोट हुन्छ। त्यहाँ ठूलो विष्फोटको आवाज सुन्न सकिने पत्रिकाले लेखेको छ।

उक्त भिडियो एक अनुन्धता तथा पत्रकारले खिचेको सीएनएनलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ। उनले दुई मिसाइल आकाशमा देखेपछि त्यसको भिडियो लिन थालेको न्यूयोर्क टाइम्सले बताएको छ। पत्रिकाकाअनुसार उनले ‘एक किसिमको पड्किएको आवाज’ सुनेपछि भिडियो खिच्न थालेका थिए। सोही बेला विमानलाई मिसाइलले लागेको भिडियो रेकर्ड हुन गएको बताइएको छ।

इरानले भने उक्त विमान आफ्नो मिसाइलका कारण नखसेको बताएको छ। इरानी राष्ट्रिय टेलिभिजनमार्फत सरकारका प्रवक्ता अली राबेइले अमेरिकाले भ्रामक समाचारमार्फत इरानलाई बदनाम गराउने प्रपञ्च रचेको आरोप लगाए ।  ‘सबै समाचारहरुरू मानसिक रूरुपमा इरानविरुद्ध निर्माण भएका छन्’, उनले भनेका छन्, ‘हामी ब्लाक बक्सको अनुसन्धानका लागि ती सबै सवार नागरिक देशका प्रतिनिधि, बोइङ जहाजका प्रतिनिधि पठाउन आग्रह गर्छौँ ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*