प्रदेश पाँच : पाँचौं अधिवेशन माघ ५ मा आह्वान

आवाज खवर डट कम
१६ पुष २०७६, बुधबार १५:१५

प्रदेश सभाको चौथो अधिवेशन गत असोज २ गते सकिएको थियो।

प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १ सय ८३ को उपधारा १ बमोजिम माघ ५ गतेका लागि बैठकको आह्वान गरेका हुन्।

चौथो अधिवेशन एवं बजेट अधिवेशन सकिएको ३ महिनापछि माघ ५ गतेका लागि प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरिएको हो।

चौथो अधिवेशन अवधिमा प्रदेशसभामा १० वटा विधेयक पेश भएका थिए। जसमध्ये ९ वटा विधेयक पास भएका थिए। चौथो अधिवेशनमा प्रदेशसभामा पेश भएको सुशासनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश मामिला तथा कानुन समितिमा छलफलकै क्रममा भएकाले यो विधेयक पाँचौं अधिवेशनमा पास हुने छ।

त्यस्तै, प्रदेशको नाम र स्थायी राजधानीको विषय पनि पाँचौं अधिवेशनले तोक्ने छ।

प्रदेशको स्थायी राजधानी तथा नामाकरण सिफारिस गर्न बनेको विशेष समितिले प्रदेशको नाम लुम्बिनी र राजधानीको लागि रुपन्देहीसँगै दाङ र कपिलवस्तु गरी तीन वटा स्थान सिफारिस गरिसकेको छ।

प्रदेशको नाम र राजधानी सिफारिस गरिएको प्रतिवेदन सभामुख पूर्ण बहादुर घर्तीसामू बुझाइसकिएको छ। सोही प्रतिवेदनलाई यो अधिवेशनमा खुला गरेर छलफल समेत गर्ने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*