मुख्यमन्त्री पौडेललाई अपशब्द प्रयोग पक्राउ

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई टेलिफोनमार्फत अभद्र व्यवहार
आवाज खबर डटकम
१५ पुष २०७६, मंगलवार १०:१०

unn.prixa.net

फाइल फोटो

हेटौँडा – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई टेलिफोनमार्फत अभद्र व्यवहार गर्ने एक जनालाई काठमाण्डौबाट प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी टेलिफोनबाट अभद्र व्यवहार गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा काठमाण्डौको टोलीले नुवाकोट तादी गाउँपालिका ३ बस्ने पुष्पराज  पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डेलाई साेमबार दिउँसो पक्राउ गरिएको र आज त्याे विषयमा अनुसन्धान गरिने अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले बताउनुभयो ।

मुख्यमन्त्री पौडेललाई पाण्डेले टेलिफोनमार्फत ‘तथा नाम’ भनेर अपशब्द प्रयोग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*