हामी नेपाली वीर गोर्खाली बोलको गीत सार्वजनिक (भिडियो सहित हेर्नुहोस् )।

हामी नेपाली वीर गोर्खाली बोलको गीत सार्वजनिक भिडियो सहित हेर्नुहोस ।
आफू जन्मिएको देश जो कसैलाई पनि प्यारो लाग्ने गर्दछ।आफ्नो देश राम्रो भएको हेर्ने इच्छा कसको हुँदैन होला र?अझ आफ्नो देशको माटो कला संस्कृति र रहनसहन प्यारो नहुने त कुरै भएन।
नेपालको भु-भाग विभिन्न समयमा भारतले मिच्दै आएको कुरा त तपाईं हामी सामु ताजै छ।तर भारतले हाम्रो भु-भाग मिच्न खोजेको खण्डमा हामी जस्तोसुकै मुल्य चुकाएर भएपनि आफ्नो देशको सीमा रक्षा गर्नको लागि पछि पर्ने छैनौं ।यस्तै सेरोफेरोमा सिर्जना भएको “हामी नेपाली वीर गोर्खाली” बोलको गीत आज सार्वजनिक भएको छ।
राजकुमार पौडेलले शब्द सिर्जना गर्नु भएको गीतमा लय शोभाखर भट्टराई लेख्नु भएको हो।त्यसैगरी स्वर शोभाखर भट्टराई र पुजा विश्वकर्माले दिनुभएको गीतमा राकेश सोनीले एरेन्ज गर्नु भएको छ।मंगलम रेकर्डिङ्ग स्टुडियोबाट रेकर्ड भएर बजारमा आएको गीत पूरा हेर्नको लागि तल लिन्क दिएको छ ।
भिडियो सहित ।