नगरपालिकाको भ्रष्टाचारविरुद्ध युवाको प्रदर्शन (भिडियो सहित)

राजविराज : विभिन्न माग राख्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकामा लागेको ताला एक सातासम्म खुल्न सकेको छैन। स्थानीय युवाले नगरपालिकामा भ्रष्टाचार अन्त्य हुनुपर्नेलगायत तीन बुँदे माग राख्दै तालाबन्दी गरेका हुन्।
आफ्ना मागको सम्बोधन नभएको भन्दै युवाले शुक्रबार पातो बजारमा प्रदर्शन गरेका हुन्। भ्रष्टाचार बन्द गर, भ्रष्टाचारीलाई कारवाही गरलगायतका तीन बुँदे माग गर्दै आन्दोलन थालेको एक सातासम्म पनि मागको सम्बोधन नभएको भन्दै युवा आन्दोलित भएका हुन्। स्थानीय युवाले नगरपालिकाले अतिरिक्त हरहिसाब सार्वजनिक गर्नुपर्ने, कार्यालयका लागि हालसम्म खरिद गरिएका सरसमानको विवरण र बिलसमेत सार्वजनिक गर्नुपर्ने मागसहित उनीहरुले गत मंसिर २९ गते नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन्। नगर प्रमुख शिवनारायण साहले कार्यालयमा लगाइएको ताल्चा खुलाउन युवासँग वार्ताको पहल भइरहेको बताए।
अन्नपूर्ण