जापानमा हुने किक्-बक्सिङ च्याम्पीयनसिपमा भिड्दै नेपालि मोहन ड्रागन
बेल्ट जित्ने दाबि

जापानमा रहेका नेपालि किक बक्सिङ्ग च्याम्पियन मोहन ड्रागन नेपालको प्रतिनिधित्व गर्दै बिगव्याङ टाईटल उपाधिका लागि भिडने भएका छन। दुई वर्ष अघि टोकियोमा भएको के वान टाईटलका फाइनालिस्ट मोहनले फेरि आफ्ना जापानी समर्थकका लागि बिगव्याङ टाईटलमा मुख्य आकर्षणका रूपमा मैदानमा भिड्न लागेका हुन। जापानी मिडियामा समेत चर्चा पाइरहेको यस प्रतियोगितामा उनले नेपालको झण्डा बोकेर मैदानमा उत्रने तयारि गरेका छन्। नेपालको इज्जत जापान भरि फैलाउन उनि बिहान र बेलुकी तालिम लिइरहेका छन् भने यसपटक बेल्ट जित्ने दाबि गरेका छन्।

टोकियो डोमको कोराकोएन हलमा आगामी डिसेम्वर २९ तारिक आईतबारका दिन जापानका अर्का चर्चित खेलाडी ज्योजीसंग उपाधिका लागि भिडने छन। ६६ किलो तौल समुहबाट खेल्न लागेका मोहन ४२ वर्षका भए। उमेरले ४२ वर्ष पुगेपनि ३० वर्षे खेलाडीसंग भिडन लागेका उनी धेरै समर्थकको चाहनालाई मध्यनजर गर्दै पुन भिडन्तमा होमिन लागेको बताए। जापानकै प्रतिष्ठित प्रतियोगिता भएकाले बिगव्याङको ३७ औं सस्करणमा मुख्य आकर्षणका रूपमा सहभागिता जनाउन लागेको जानकारी दिए।
यस्ता प्रतियोगिताहरुमा नेपाल सरकार र जापानको राजदुताबासले आजसम्म कुनै सहयोग नगरेपनि आफु निरन्तर लागिपरेको उनि बताउछन। ३००० भन्दा बढि अट्ने हलमा आफुलाई समर्थन गर्ने ४०० भन्दा बढि जापानीहरुले टिकट काटिसकेकोले नेपालि दाजुभाइ दिदीबहिनीहरुलाई पनि हौसला प्रदान गर्न आग्रह गरेका छन्।

उक्त प्रतियोगिता २९ तारिक आईतबार हुदैछ, प्रतियोगिताको मुख्य आकर्षण खेल भएकाले खेल तालिकाको अन्तिम करिब ९ बजेतिर हुन सक्ने बताइएको छ। सो अवसरमा सहभागि भई समर्थन र हौसला बढाई दिनका लागि जापानवासी नेपालीहरूमा मोहनले अनुरोध गरेका छन।