मालिका मोबाइल सेञ्टरका सञ्चालक भुषाल भन्छन् : ” काम गर्नेलाई नेपाल मै अबसर”

आवाज खवर डट कम
२ पुष २०७६, बुधबार १२:२८

बुटवल ९,
तिनकुनेमा रहेको मालिका मोबाइल सेन्टर पसल सञ्चालन गर्दै अएका गुल्मीका विष्णु प्रसाद भुषालले नेपालमै रोजगारको अवसर रहेका बताउछन् । विगत एक दशक देखि बुटवलमै व्यवसाय सञ्चालन गर्दै आएका उनले अहिले व्यवसायलाई थप विस्तार गरि बुटवलको कालिकानगरमा मालिका मेवाइल सेन्टरकै नाममा शाखा विस्तार गरेका छन् ।
सुरुमा उनले ५ लाख लगानीबाट मोवाईल मर्मत विक्री वितरणको व्यवसाय सञ्चालन गरेका थिए तर अहिले त्यही व्यवसाय करिव ४० लाख बारबारको भएको छ । उनले नेपाली युवाहरुमा विदेश मोह बढी भएकोले धेरै जसो बैदेशिक रोजगारमा विदेश गैरहेको बताउदै काम गर्नेलाई नेपालमै धेरै अवसर रहेको बताए ।
होराईजन चोकमा उनले अहिले २ण् लाख लगानी गरेर व्यवसायलाई विस्तार गरेका छन् । निकट भविष्यमै बुटवल र आसपासका क्षेत्रमा सस्तो र गुणस्तरिय सवो प्रदान अन्य शाखाहरु पनि विस्तार गर्दै जाने बताएका छन् । उनको मोवाइल पसलमा मोवाइल मर्मत तथा हार्डवेयर र सफ्टवेयरको काम ,अनलाइन ब्यालेन्स ट्रान्सफर गर्नुको साथै इलेक्ट्रोनिक सामानहरु सस्तोमा पाइन्छ । साथै मोबाइल मर्मत गर्ने सिप सिक्न चाहाने युवाहरुलाई लक्षित गरी तालीम पनि प्रदान गरिरहेका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*