नेपाल भरिका रेष्टुरेन्टको बुकिङ्गको लागि ‘रेष्ट्रो मेनु एप’ बजारमा

कर्ण शाक्य द्वारा उद्घाटन
आवाज खबर
२ मंसिर २०७६, सोमबार २१:२८

नेपालमै पहिलो पटक रेस्टुरेन्टहरुको बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले ‘रेष्ट्रो मेनु एप’ सञ्चालनमा आएको छ । स्मार्ट अनलाइन सोलुसन प्रा.लि.ले निर्माण गरेको उक्त एपको एक कार्यक्रमका बीच होटल उद्यमी, लेखक तथा सामाजिक अभियान्ता कर्ण शाक्यले उद्घाटन गरे ।

एपले रेस्टुरेन्ट संचालकको अब आफ्नो व्यवसाय प्रबर्द्र्धन गर्ने उपयुक्त माध्यम बन्ने र रेस्टुरेन्ट, ग्राहक बीच पुलको काम गर्नुका साथै व्यवसायलाई आधुनिक प्रविधिसँग जोडी सरल र सहज बनाउने विश्वास लिइएको छ । जसले महत्त्वपूर्ण समय र पैसाको पनि बचत हुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाक्यले युवाहरुले गर्न लागेको यस्तो कामको प्रसंसा गर्दै युवाहरु नै देशको आस, विश्वास, धन, शक्ति र भविष्य भएकोले युवाहरुको जोस, जाँगर, आट अनि सिपले १० वर्षर्म देशको विकास गर्न सकिने बताए । उनले आफू सधै युवाहरुको साथमा रहेको बताउँदै अन्य देशका युवाहरु आफ्नो कैरियर बनाउन पट्टी लागेको अवस्थामा नेपाली युवाहरु भने आफ्नो जन्मभूमिका लागि आफूले के गर्न सकिन्छ र आफ्नो योगदान के हुन सक्छ ? भन्नेमा लागि परेको भन्दै युवाहरुको प्रशंसा गरेका थिए ।

बिदेशहमा व्यापक रूपमा चलेको प्रबिधि नेपालमा भित्र्याएपछि अब आफूले रोजेको र खोजेको खाना खान भोतारिदै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने कम्पनीका अध्यक्ष ध्रुव शर्माले बताए ।

कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक सुरेश रेग्मीले विगत ७ वर्षदेखि आफू जापानमा रहेपनि तीन वर्षदेखि देशमै केही गरौं भनेर लागि परेको बताए । दुईवर्ष अघि क्षेत्रपाटीमा कार्यालय खोलेर संचालन गरिएको स्मार्ट अनलाइन सोलुसन कम्पनीले १ वर्षदेखि बजार अध्ययन गरेर उक्त एप्सलाई अहिले पूर्णरुप दिन सकिएको बताए । स्याङ्जा पुतली बजार १ का रेग्मीले विदेशमा टेक्नोलोजीको भरपुर प्रयोग भइरहेको अवस्थामा नेपालमा पनि त्यहि अनुसार लागु गर्न सकिने उद्धेश्यले आफूहरु लागि परेको बताए । ‘केही फरक गरौं भन्ने उद्धेश्य हो हाम्रो, यसमा रेष्टुरेण्ट व्यवसायी र ग्राहकलाई जोड्ने माध्यम बन्ने उद्धेश्यले यो एप्स संचालनमा ल्याएका हौं ।’ उनका अनुसार केही समयमै देशभरीका रेष्टुरेण्टलाई उक्त एप्समा समेटिने कम्पनीको योजना रहेको छ ।

हाल काठमाडौं लगायत नेपालका प्रमुख पर्यटकीय ठाउँ पोखरा, चितवन, लुम्बिनी र भैरहवा सहित नेपालका विभिन्न स्थानका करिब २ हजार रेस्टुरेन्ट यस एपमा आबद्ध भईसकेका छन् ।

६ महिनामा करिब ५ हजार, १ बर्ष भित्रमा नेपाल अधिराज्यका करिब दश हजार रेस्टुरेन्ट यस एपमा जोड्ने र आगामी २ बर्ष भित्र अन्तर्राष्ट्रिय स्तरमा समेत जोड्ने योजना रहेको निर्माण पक्ष स्मार्ट अनलाईन सोलुसनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*