पप्पुको बदमासी: काम छाडेर बार्गेनिङ !

ठेक्का लिने, समयमा नै काम नगर्ने र काम गरे पनि गुणस्तरीय काम नगर्ने ,भैरहवा–लुम्बिनी सडकका २ पुल अलपत्र
बिमल पुरी , बुटवल ।
१९ कार्तिक २०७६, मंगलवार १४:२२

पप्पु कन्सट्रक्सनको पुल निर्माणको कामको बदमासि रुपन्देहीमा पनि राम्रै उदाहरण देख्न सकिन्छ । विकास निर्माणको काम के कसरी भएको छ भनेर सरोकारवाला निकायको ध्यान जान नसक्दा रुपन्देहीको भैरहवा लुम्बिनी सडक खण्डमा निर्माणधिन २ वटा पुल निर्माणको अलपत्र परेको हो । भैरहवा लुम्बिनीको यो सडक पर्यटकहरुको लागि पनि निकै महत्वपूर्ण छ । यहिँ सडक भएर दैनिक सयांै सवारी साधनहरु ओहोरदोहोर गर्छन । गौतमबुद्धको जन्म स्थल लुम्बिनी जाने यो सडकमा यसरी पुल अलपत्र हुँदा पर्यटकहरुले पनि निकै सास्ती खेपिरहेका छन् भने प्रदेश सरकारको भ्रमण वर्ष र संद्यिय सरकारको नेपाल भ्रमण वर्षलाई पुलले गिज्याइरहेको छ ।

हुलाकी राजमार्ग अन्र्तगत भैरहवा, लुम्बिनी सडक खण्डको तिनाउ नदिमा र डोण्डा खोलमा निर्माणधिन पुलको ठेक्का पप्पु र बाम्ती निर्माण सेवाले संयुक्त रुपमा २०७१ साल असार २५ गते २ वर्षमा काम सक्ने गरि जिम्मा लिएको थियो । दुई पुल मध्य डण्डा खोला पुल निर्माणको लागी २०७१ अषाढ २५ गते रु ५ करोड ५६ लाख ८० हजार पैसामा २ वर्षमा निर्माण सम्पन्न गर्ने गरिसम्झौता भएको थियो । तर तोकएको समयमा पुलनिर्माणले गति लिन नसकेपछि थप २ वर्ष म्याद थपिएको थियो । त्यो अवाधीमा पनि पुल निर्माण हुन सकेन । पुल खोलाको विचमा मात्र निर्माण भएको छ , यसको निकासनै छैन । पुलनिर्माण सम्पन्न गर्नका लागी म्याद सहितको अन्तिम मिती २०७५ अषाढ २३ गते सम्म थियो । सो अवधीमा निर्माण व्यवसायी कम्पनीले तिन पटकमा रनिगं बिल बापतको रकम भुक्तानी लिई सकेको छ ।
त्यस्तै, निर्माण कार्य रोक्किएको पुल मध्य तिनाउ खोला पुल निर्माणको लागी ६ करोड २ लाख ५६ हजार पैसामा निर्माण सम्पन्न गर्ने गरि २०७१ अषाढ २५ गते सम्झौता भएको थियो । र यस पुल निर्माण गर्न म्याद सहितको अन्तिम मिती २०७५ अषाढ २३ गते सम्म थियो । सो अवधीमा निर्माण व्यवसायी कम्पनीले चार पटकमा रनिगं बिल बापतको २ करोड ९८ लाख ४४ हजार रुपैया भुक्तानी लिई सकेको छ । तर पुल निर्माण भने हुन सकेन । डण्डा खोलामा बनेको पुल जस्तै यसको पनि हालत उस्तै छ ।जसले गर्दा यात्रुहरु विभिन्न समस्या झेल्न बाध्य भएका छन् । यहीँ सटेर रहेको अर्को पुरानो पुल साघुँरो र जिर्ण भएको हुँदा सवारी साधनहरु रोकेर पालैपालो आवतजावत गर्नुपर्ने बाध्यता समेत रहेको छ । स्थानिय सर्वसाधारण, यात्रु, चालक पुल समयमा निर्माण नहुँदा धेरै समस्या भएको बताउछन् ।
दुबै पुल निर्माणको ठेक्का लिएको बिकास झा प्रोपराईटर रहेको पप्पु–बामती जेभी अनामनगर काठमाण्डौले पुल निर्माणस्थलमा सडक भत्किने हुदाँ डाईभर्सनको निर्माणका लागी १ करोड १५ लाख ६० हजार माग गरेको थियो । तर हुलाकी राजमार्ग योजना कार्यालय, कपिलवस्तुले सिधै भुक्तानी दिन नमिल्ने भए पछि सम्बन्धित कम्पनीले पुल निर्माण रोकेको भेटिएको छ ।

निर्माण व्यवसायीले राखेको माग पुरा गर्न सक्ने अवस्थामा कार्यालय नभएको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख ईश्वर बहादुर रिजालले बताए । अस्थाई डाईभर्सनको बहानामा काम छोडेको निर्माण व्यवसायी कम्पनीले आर्बिटेशनमा गएर आफनो माग सम्बोधन गराउन सक्ने अवस्था छ । काम बिचमै छोडेको सो निर्माण व्यवसायी कम्पनीलाई सम्पर्कमा आउन पटक पटक ताकेता गरिएको भएपनि तोकिएको समय सम्म उपयुक्त कारण सहित नआए ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाउने प्रमुख रिजालले जानकारी दिए ।

पुल निर्माणको कार्य लामो समय देखि ढिलासुस्ति हुँदा ट्राफिक प्रहरी पनि सवारी साधनलाई व्यवस्थित गर्न निकै समस्यामा परेको छ । भैरहवा लुम्बिनीको यो सडक पर्यटकहरुको लागि पनि निकै महत्वपूर्ण छ । यहिँ सडक भएर दैनिक सयांै सवारी साधनहरु ओहोरदोहोर गर्छन । गौतमबुद्धको जन्म स्थल लुम्बिनी जाने यो सडकमा यसरी पुल अलपत्र हुँदा पर्यटकहरुले पनि निकै सास्ती खेपिरहेको पाइन्छ । हाम्रो देशमा विकास निर्माणका धेरै कुरा हुन्छन् ।

नेता, सांसद, मन्त्रिहरुले पनि विकासका ठूला भाषण गर्नुहुन्छ । तर विभिन्न कामका लागि परेको बजेट समयमा काम हुन सक्यो सकेन कामको के कति प्रगति भएको छ ? किन समयमा काम भएन भनेर चासो दिन नसक्दा नै यस्तो अवस्था सृजना हुने गरेको हो । पछिल्लो समय प्रदेश सरकारले पनि पुल निर्माणलाई अगाडी बढाउन चासो दिन थालेको छ । प्रदेश सरकारका पर्यटन मन्त्री लिला गिरीले पुल निर्माणलाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने बताए ।

पप्पु कन्सट्रक्सनले नेपाल अधिराज्य भर पूर्व मेचि देखि पश्चिम महाकालि सम्म जिम्मा लिएका दर्जनौ पुलको हालत यस्तै छ । यो कन्सट्रक्सनका मालिक नै यो मुलुकका सभाषद् हुन् ।काममा सभाषद्ले जति नै कमजोरि गरे पनि ढाकछोप गर्ने प्रवृत्ति हामीकहाँ छ । समयमा राम्रो काम गर्न नसकेका यस्तै पप्पु कन्सट्रक्सनहरुलाई नै अन्य ठेक्का पनि दिदैँ गएको पाइन्छ । धनसुन ,भनसुन र कमिसनमा अडेको हाम्रो मुलुकमा त्यहि भएर पनि विकास निर्माणको काम चुस्त दुरुस्त हुन नसकेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*