गीत विवादित बनेपछि दुर्गेश थापा पक्राउ

आवाज खबर
५ कार्तिक २०७६, मंगलवार १३:३८

काठमाडौं : विवादित गीत गाएपछि गायक दुर्गेश थापा पक्राउ परेका छन् । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले थापालाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिए । निषेधित लागुऔषध गाँजा प्रयोग गर्न दुरुत्साहन गर्ने गरी गीत गाएकाले उनलाई पक्राउ गरिएको पोखरेल बताए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

गीतमा उनले वियर खाँदै तिहार मनाउँ भन्ने खालको आाशय व्यक्त गरेका छन । मदिरा र गाँजा सेवनलाई प्रोत्साहन गरी  गीत गाएपछि उनको निकै आलोचना भएको थियो।  उनले लागु पदार्थ सेवन गर्न प्रोत्साहन गरेर गीत गाउनु कानुन विपरित भएको र सामाजिक मूल्य-मान्यता विपरित भएको भनी चर्काे आलोचना भइरहेको हो।

 

Source:Annapurnapost

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*