पाल्पा समाज जापानले दिपावलीमा देउसी भैलो कार्यक्रम गर्ने

शुभकामना आदानप्रदान पनि संगसंगै
आवाज खबर
४ कार्तिक २०७६, सोमबार १३:२४

काठमाडौँ २ कार्तिक । पाल्पा समाज जापानले जापानको टोकियोमा शुभदिपावलिको अवसरमा देउसि भैलो तथा शुभकामना आदन–प्रदान कार्यक्रम गर्ने भएको छ । २०१९ अक्टुबर २७ आईतबार लक्ष्मीपूजाको दिन पारेर उक्त कार्यक्रम गर्न लागिएको हो ।

पाल्पा जिल्लाबाट जापानको बिभिन्न क्षेत्रमा छरिएर रहेका पाल्पालिहरुको साझा समाज पाल्पा समाज जापानले विगतमा पनि धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यस बर्षपनि शुभदिपावलिलाई अवसर पारेर टोकियोमा देउसि भैलो तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको यस मंचका अध्यक्ष निरन्जन गैरेले जानकारि दिनु भयो ।

सबैले यसै सूचनालाई आधार मानेर जापानको टोकियो स्थित ओओकूबोमा रहेको सोलमारी रेष्टुरेन्टमा उपस्थित भैदिनुहुन पाल्पा समाज जापानले सबैलाई अनुरोध पनि गरेको छ । देउसिभैलो कार्यक्रम २७ गते आइतबार बेलुकाको ठीक ५बजेबाट सुरुहुने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*