तिहारमा जापानको टोकियो र फुकुओकामा देउसीभैलो कार्यक्रम हुदै

पहिलोपटक लोक तथा दोहोरीगीतको आयोजना
आवाज खबर
४ कार्तिक २०७६, सोमबार ०९:५३

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ,जापान शाखाले आउँदै गरेको नेपालीहरुको दोस्रो महान् चाड तिहारको अवसर पारेर जापानमा बृहत देउसीभैलो कार्यक्रम गर्ने भएको छ |

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको अधिवेशनपछि बनेको नयाँ कार्यसमितिले गर्न लागेको यो पहिलो कार्यक्रम हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको कलाकार अक्षय कोष स्थापना गर्ने उद्देश्यले प्रतिष्ठानका केन्द्रिय निवर्तमान अध्यक्ष तथा चर्चित गायक चन्द्र शर्माको विशेष उपस्थितिमा कार्यक्रम आयोजना गर्न लागिएको  कार्यक्रम संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका प्रवक्ता केशब पौडेलले जानकारी दिनुभयो  ।

प्रतिष्ठानको देउसी भैलो कार्यक्रम जापानको मुख्य दुई सहरमा आयोजना हुनेछ । कार्यक्रम अक्टोबर २७ तारिख आइतबार साँझ ५ बजे देखी नान हाउस एथ्निक  रेस्टुरेन्ट फुकुओकामा र २८ तारिख सोमबार साँझ ५ बजे देखी टोकियोको सुइदोबाशी स्थित आजिवाई टोकियो रेस्टुरेन्टमा हुनेछ । कार्यक्रममा प्रतिष्ठान जापान शाखाका कलाकारहरुको संयुक्त तथा एकल प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ ।

देउसी भैलो कार्यक्रममा  उपस्थित भैईदिनु हुन जापानस्थित नेपाली समुदाय , संघ सस्थाका प्रतिनिधि , पत्रकार लगायत सबैलाई शाखा अध्यक्ष सुर्य खड्काले अनुरोध गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*