लुम्बिनीलाई लक्षित गरी होटल व्यवसायीमा बढ्दो लगानी

  राज्यको निती लगानी मैत्री नभएकोले लगानी डुब्ने चिन्तामा व्यवसायी
बिमल पुरी , बुटवल ।
२ कार्तिक २०७६, शनिबार १०:४५

नेपालको हस्पिटालिटी क्षेत्रको अग्रणी कम्पनी सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले टिकापुर , नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार र काठमान्डौमा होटेल , रिसोट , रेष्टुरेन्ट , क्याफे गरी २२ वटा आउटलेट संचालन गर्दै आएको थियो । र पछिल्लो समय यस ग्रुपको लागनीको उपयुक्त रोजाई बन्यो ,रुपन्देहीको भैरहवा । सिद्धार्थ विजनेश ग्रुप अफ् हस्पिटालिटीले भैरहवामा पाँच तारे होटेल निर्माण सुरु गरेको छ । करिब २ बिघा क्षेत्रफलमा निर्माण भई रहेको अत्याधुनिक सुबिधा सम्पन्न होटेलमा ८३ वटा रुमहरु हुने छन । हस्पिटालिटी बिजनेशको राम्रो संभाबना देखिएकाले ठुलो लगानीका साथ पाँच तारे होटेल निर्माण सुरु गरेको गु्रपका अध्यक्ष लक्ष्मण न्यौपाने बताउनु भयो ।

उहाँले भन्नुभयो ,“यस क्षेत्र पर्यटन व्यवसायीको ठूलो सम्भावना भएको क्षेत्र हो , बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल , लुम्बिनी ,प्राचिन कपिलबस्तु तिलोराकोट , देवदह , त्रिवेणी जस्ता महत्वपूर्ण ठाँउहरु छन् । नेपालको मध्य भागमा अवस्थित यस क्षेत्र भारतिय नाका संग जोडिएको छ र औधोगिक लागानीको उपयुक्त स्थान बन्दै गएको छ । यस क्षेत्रको पर्यटकिए विकासको सम्भावना र लगानी मैत्री स्थानको रुपमा रहेकोले हामी यस क्षेत्रमा लगानी गर्दै छौँ ।”

यस्तै,रुपन्देहीको बुटवल , भैरहवा र लुम्बिनीमा दर्जन वढि थप अत्याधुनिक सुबिधा सम्पन्न होटलहरु निर्माण भैरहेका छन् भने झण्डै दुई दर्जन तारे होटलहरु हाल सञ्चालनमा छन् । गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल र लुम्बिनी संग जोडिएको पर्यटन क्षेत्रको विकासको संभावनालेनै हस्पिटालिटी क्षेत्रका ठूलो लगानी भित्रीएको छ । अस्ट्रेलियाको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले तिलोत्तमा नगरपालिकामा पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा ल्याएको छ । पवनकुमार हलुवाईले लुम्बिनी रोडमा पाँचतारे पवन प्यालेस होटेल बनाएका छन । भैरहवाको बेलहियामा अर्को पाँचतारे होटेल निर्माण भइरहेको छ । भैरहवा–परासी रोडमा रहेको बोधी रेडसन होटेलको स्तरोन्नति गरी पाँचतारे स्तरको बनाइएको छ ।

बुटवलमा पनि तारे होटेलहरू खुलिरहेका छन । अहिले लुम्बिनी र भैरहवा क्षेत्रमा टाइगर प्यालेस, होटेल कसाई, बुद्धमाया गार्डेन, होक्के, बोधी रेडसन, निर्भाणा, यती, ड्रिमल्यान्ड, जाम्बला, नान्स जस्ता होटलहरु सञ्चालनमा छन्। यस्तै, बुटवलमा डार्सिज, आम्रपाली,एभिन्यू , वृन्दावन, एसियन, डेनोभो, अतिथि, सिद्धार्थ, न्यु एरा, सिन्दूरलगायत होटेल सञ्चालनमा छन्। यो क्षेत्रमा स्वदेशी तथा विदेशी बहुराष्ट्रिय होटेल ब्रान्डहरू पनि प्रवेश गर्दै छन् । अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटक ओइरिने आशमा होटेलमा लगानी बढेको हो  । संस्कृतिविद् डा. गितु गरीका अनुसार ,‘पछिल्लो समयम जुन रुपमा पर्यटन संग जोडिएका पूर्वाधारहरु निर्माणमा सरकारले चासो दिएको छ त्यसले पर्यटन व्यवसायी संगै प्रदेश ५को आमूल परिवर्तन हुनेछ । तर यदि लगानीको सुरक्षा गर्न सरकार असफल भए ठूलो लागनी डुब्ने संकेत पनि देखिन्छ ।’
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जि.सी.का अनुसार यस क्षेत्रमा हाल सञ्चालनमा आएका होटलहरुले प्रतिदिन एकै पटक २० हजार बढी पर्यटक थेग्न सक्छन् । यहाँको मुख्य गन्तव्य भनेकै शान्तिका अग्रदुत भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनी हो ।

वर्षेनी १५ लाख बढी स्वदेशी तथा विदेशी पर्यटक लुम्बिनी आउँदछन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई अन्तर्राष्ट्रिय उडान सुरु हुने भएकाले पनि त्यति बेला देखि हुन सक्ने यात्रुहरुको चापलाई मध्यनजर गर्दै होटल व्यवसायीहरु लागनीलाई विस्तार गरिरहेका छन् ।अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भए पश्चात पर्यटकहरुको आगमन बढ्ने निश्चित छ र यहाँ आउने पर्यटकको बसाइको लागि होटलको माग बढ्ने देखिन्छ । विमानस्थल सञ्चालनमा आए पछि यस क्षेत्रमा कम्तिमा १० हजार बेड (५ हजार होटल कोठा अत्तिरिक्त) आवश्यक पर्ने बताइन्छ । साथै भारतीय पर्यटकहरुलाई मध्यन्जर गर्दै क्यासिनो पनि थपिदै गएको छ ।पर्यटक लक्षित होटलहरु बढ्दै जाँदा रोजगारीका अवसर पनि बढ्दै गएका छन् । हाल यहाँ सञ्चालित होटलहरुले प्रयाप्त रोजगारी समेत सिर्जना गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*