एनआरएनएको चुनावमा वडा अध्यक्षले गरे मतदान

आवाज खबर
३० आश्विन २०७६, बिहीबार १५:१३

मुक्ति सुबेदी(काठमाण्डौ )

काठमाण्डुमा चलिरहेको गैरआवासीय नेपाली संघको नवौ अधिवेशनमा एक जनप्रतिनिधिले मतदान गरेका छन्। पुर्व एमाले निकट वैदेशिक संगठन ‘प्रवासी नेपालि संघ’ जापानको पुर्व अध्यक्ष समेत रहेका पर्वत पैयुखोला गाउपालिका वार्ड न ५ का अध्यक्ष महेन्द्र श्रेष्ठले चुनावी प्रक्रियामा भाग लिएका छन्। यसरि जनप्रतिनिधिले मतदान गर्नु कानुन विपरित भएको जानकारहरु बताउछन।

यस विषयमा महेन्द्र श्रेष्ठले आफु नेपाल कम्युनिस्ट पार्टि( नेकपा) को भातृसंगठन प्रवासी नेपाली एकता मंच जापानको नेतृत्वको जिम्मामा अहिलेसम्म रहेको साथै आफ्नो राजनितीक भुगोल पनि हालसम्म जापानमै रहेको र केहि समय पछि कार्यक्षेत्र पर्वतमा रहने गरि परिवर्तन हुने बताएका छन्।जनप्रतिनिधि भएपनि हालसम्म NRNA जापानको सल्लाहकारको हैसियतले आफुले मतदानमा सहभागी हुनु कुनै नराम्रो र गैर जीम्मेवारीपन नभएको उनको भनाइ छ ।


हाल गैर आवासीय नेपाली संघको अधिवेशनमा विभिन्न देशबाट २ हजार प्रतिनिधि सहभागी छन्। अध्यक्ष, पाँचजना उपाध्यक्ष, महासचिव, दुईजना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदहरुमा निर्वाचन हुनेछ।

अध्यक्ष पदका उम्मेद्वारहरु कुल आचार्य पश्चिम नेपाल पर्वतका हुन् भने कुमार पन्त गोर्खाका हुन्। दुवै रोजगारीका क्रममा करिब दुई दशक अघि बाहिरिएका थिए। दुवैजना हस्पिटालिटी व्यवसायमा छन्। आचार्यको बेलायत तथा पोर्चुगलमा चेन रेष्टुराको व्यवसाय छ। पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर होटल तथा रेष्टुरा व्यवसाय सञ्चालन गर्छन्। अहिले मतदान प्रक्रिया सुरु भएको छ।२८०० प्रतिनिधि भएपनि मतदाता सूचीमा २४०० भएकाले सूचीमा समेटिएकाले मात्र मतदान गर्नेछन् ।

तस्बिर सौजन्य:विश्ववन्धु भण्डारी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*